Wednesday, June 8, 2011

ठुलो मान्छे सोचेर के हुन्छ र ?

स्वर्गको संसार देखेर के  हुन्छ र ?
भाग्यमा छैन रोजेर  के हुन्छ र ?

आशुको जीवन अनि ढुखको संसार 
शुख छैन खोजेर के हुन्छ र ?

पढाईको श्री अन्तिम भो सायद 
ठुलो मान्छे सोचेर के हुन्छ र ?

तही खाल्टोबाट सकियन उम्कन 
राम्रो जीवन चोरेर के हुन्छ र ?

न त सामना गर्न सकियो न त भाग्न नै सकियो 
मन मनै रोयर  के नै हुन्छ र ?

सपना को संसार सपनी मै राम्रो हुदो रहे छ 
बिपनी मा बोकेर के हुन्छ र ?

मन को संसार खोलाले बगायर  लग्यो 
सबै कुरा हरु चाहेर के हुन्छ र ?

No comments:

Post a Comment